उपत्यकाभित्र समुदायमा नै संक्रमण फैलिसकेको छ : डा. पाण्डे (भिडियो)
काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो छ ।
उपत्यकामा भाइरसको संक्रमण सानो रुपमा समुदायमै फैलिसकेकाले संक्रमितको संख्या बढेको संक्रामक रोग विशेषज्ञ समेत रहनु भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताउनु भएको छ ।
काठमाडौं उपत्यका सहित घना बस्ती भएका शहरहरुमा समुदायमा संक्रमण पुगिसकेको डा पाण्डेको भनाई छ ।
त्यसैले कन्ट्याक्ट ट्रेसिङलाई अझ बढी व्यवस्थित बनाएर जोखिम क्षेत्र पहिचान गरी संक्रमण नियन्त्रण गर्नुपर्ने उहाँको सुझाव छ ।।
प्रतिक्रिया राख्नुहोस्