मोरङमा निषेधाज्ञा एक साता थप

विराटनगर– जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभरी लगाएको निषेधाज्ञालाई एक साता थप गर्ने निर्णय गरेको छ ।

पछिल्लो पटक खुकुलो प्रावधान सहित लगाएको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सकिएपछि पुनः थप गरिएको हो । भाद्र ५ गतेदेखि जिल्ला प्रशासन कार्यालय मोरङले मोरङका ४ वटा पालिकाहरुबाट निषेधाज्ञा लगाउन सुरु गरेको थियो । दिउँसो १२ बजेसम्म बजार(पसल खुला हुँदै आएकोमा अब ४ बजेसम्म बजार पसल खोल्न पाइने भएको छ । यसैगरी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको छ । खुकुलो बनाउँदै लगिएको निषेधाज्ञामा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएकोमा सिटी रिक्सा सञ्चालन खुला गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम लगाइएको निषेधाज्ञामा जिल्लाभरी राति ९ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.