भारत विश्वमै कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित

पछिल्लो समय भारत विश्वमै कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित छ ।

भारतमा अगस्ट महिनामा मात्रै झण्डै २० लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संख्या कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएयताकै सबैभन्दा उच्च हो । भारतमा मात्रै एक महिनामा २८ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा हालसम्म ३७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ६६ हजार नाघेको छ ।

विगत केही दिन देखि संक्रमण घटेका अमेरिका र ब्राजिलमा पुनः संक्रमण बढेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ४० हजारको हाराहारीमा संक्रमित भएका छन् भने ब्राजिलमा ४१ हजार बढी संक्रमित भएका छन् । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या पनि ८ लाख ६० हजारभन्दा बढी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.