व्यवसायीलाई ज्यान मार्ने धम्की दिने पाँच जनाको समूह पक्राउ

मोरङ- व्यापारीका रुपमा कार्य गरी अन्य व्यापारी एवं व्यवसायीलाई ज्यान मार्ने धम्की तथा डर त्रास देखाई रकम असुल गर्ने पाँच जनाको समूहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा भारत विहार सीतामणि जिल्ला घर भई विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडाको कारोबार गर्ने २७ वर्षीय राज साह, मोरङको कहटरी गाउँपालिका–२ बस्ने २६ वर्षीय किसन साह, सोही स्थान बस्ने २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी जिल्ला बोदेबर्साइन नगरपालिका–८ काचन बस्ने २७ वर्षीय नन्दकिशोर साहलाई विराटनगर र कटहरीबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।

निजहरुले विगत एक वर्षदेखि विभिन्न व्यापारीलाई डर, त्रास एवं धम्की दिई भीडभाड हुने स्थान विराटनगरको गुद्री बजार, कञ्चनबारीस्थित नोबेल नहर चोकबाट व्यापारीहरुबाट रु एक लाखदेखि चार लाखसम्म लिने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभयो ।

उनिहरुको साथबाट भारतीय र नेपाली गरी रु ९७ हजार १२०, अटोमेटिक पेस्तोल एक र त्यसमा लाग्ने गोली तीन थान, धम्काउने प्रयोग गरिएका विभिन्न कम्पनीका मोबाइल १६, भारतीय बैंकको दुई थान चेक, तीन थान मोटरसाइकल र चक्कु एक थान बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.