नेकपा सचिवालयको बैठक आज बस्दै

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । सचिवालय बैठक आज विहान एघार बजे बस्ने तय भएको छ ।

यसअघि हिजो पनि पार्टी अधयक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

आजको सचिवालय बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदन र राष्ट्रियसभाको रिक्त स्थानमा मनोनयनबारेङ्गा समेत छलफल हुनसक्ने बताइएको छ ।

कार्यदलले प्रतिवेदन बुझाएपछि यसअघि तय भएको बैठक कोरोना सङक्रमणको जोखिमका कारण सारिएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.