वुहानको उत्साहः वुहानका सबै विद्यालयहरु सञ्चालनमा

काठमाडौं- कोरोना भाइरसको संक्रमण सुरु भएको चीनको वुहानका सबै विद्यालयहरु सञ्चालनमा आएका छन् ।

भाइरसको संक्रमण फैलिएपछि वुहानका करिब १४ लाख विद्यार्थी अब पूर्वबत् विद्यालय जान शुरु गरेका हुन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार वुहानका २ हजार ८ सय ४२ विद्यालयमा पढाइ सुरु भएको छ ।

कोरोना भाइरस नियन्त्रणमा आएसँगै विद्यालय खुला गरिएको भएपनि चिनियाँ अधिकारीहरूले अनावश्यक भेला नगर्न तथा आवश्यक सुरक्षाका उपाय अपनाउन निर्देशन दिएका छन् ।

कोरोना भाइरसका कारण चीनको वुहानमा ३ हजार ८ सय भन्दा बढीको मृत्यु भएको थियो । चार महिनाअघि सामान्य अवस्थामा फर्केको वुहानमा त्यसयता संक्रमित भेटिएका छैनन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.