नेकपा सचिवालयको बैठक बस्दै

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । सचिवालय बैठक आज विहान एघार बजे बस्ने तय भएकोमा आज दिउँसो ३ बजेलाई सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभएको छ ।

यसअघि हिजो पनि पार्टी अधयक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।

आजको सचिवालय बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदन र राष्ट्रियसभाको रिक्त स्थानमा मनोनयनका बारेमा समेत छलफल हुनसक्ने बताइएको छ ।

कार्यदलले प्रतिवेदन बुझाएपछि यसअघि तय भएको बैठक कोरोना सङक्रमणको जोखिमका कारण सारिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.