आजदेखी सुनसरीमा लकडाउन खुकुलो

सुनसरी- कोभिड-१९ को संक्रमणलाई रोक्न स्थानिय प्रशासनले जारी गरेको निशेधाज्ञाका कारण जनजविन कष्टकर हुन थालेपछि आजदेखी सुनसरी प्रशासनले जिल्लाभर खुकुलो पार्ने निर्णय गरेको छ ।

प्रशासनले जारी गरेको सूचनासँगै आजवाट सुनसरीका धरान, इनरुवा, दुहवी, इटहरी, खनार लगायतका बजारमा किनमेल गर्नेको चहलपहल केही बढेको छ ।

विहान १० बजेसम्म बजार पसल खोल्न पाइने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । प्रजिअ पोखरेलका अनुसार स्वास्थ्य मापदण्ड अनुसार तोकिएको समयावधिभर बजार पसल खोल्न पाइने छ ।

लकडाउन खुकुलो बनाइएको जनाइएपनि प्रशासनले सिटी सफारी बाहेकका सवारीका साधन भने तत्काल संचालन गर्न नपाइने भनेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.