नेपालमा एकैदिन १३५९ जना संक्रमित, उपत्यकामा थपिए ४५४

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु

काठमाडौं– नेपालमा एकैदिन १३५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

१३६३८ जनाको पीसीआर परीक्षण गर्दा १३५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४४२३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३५४ डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा ४५४ जना थपिएका छन् । काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित भए ।

१४ जनाको मृत्यु
यसैबीच कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना महिला र १० जना पुरुष छन् ।

काठमाडौंमा तीन जना महिला र चितवनमा एक जना महिलाको मृत्यु भएको छ । सप्तरीमा दुई पुरुष तथा धनुषा, कास्की, नवलपरासी, प्युठान, रुपन्देही, पाल्पा र सुर्खेतमा एक–एक जना पुरुषको पनि कोरोना संक्रमणले ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.