बागलुङमा बेपत्तामध्ये सातको पहिचान

काठमाडौं– बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीमा परी फेला परेका १४ मध्ये सात जनाको पहिचान भएको छ । बाढीमा परेका अझै २४ जना बेपत्ता छन् ।

बुधबार राति ढोरपाटनको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो । बाढीमा बेपत्ता १४ जनाको शव फेला परेको छ । सो घटनामा ७० घर पूर्ण क्षतिग्रस्त भएका छन् । अन्य सात शवको अझै सनाखत हुन सकेको छैन ।

शव क्षतविक्षतावस्थामा रहेका कारण पहिचानमा ढिलाइ भइरहेको प्रहरीको भनाइ छ । बाढीले ७० भन्दा बढी घरमा क्षति पु¥याएको छ । बाढीमा परेका चार जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

बाढीले ढोरपाटन–९ स्थित लाँकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्रावि, सरस्वती प्रावि, भुजीखोला लघुजलविद्युत् आयोजनाका पाँच शाखामध्ये चार भवन, सडक छेउमा पार्किङ गरेर राखिएको एक जीप र मोटरसाइकल बगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.