कोरोना बिमा कसरी गर्ने, पैसा कसरी लिने ? (भिडियो रिपोर्ट)

काठमाडौं– पछिल्लो समयमा कोरोना बिमाप्रतिको आकर्षण बढेको छ । पछिल्लो समयमा पारिवारिक र समूहगत बिमा गर्नेहरुको संख्या समेत बढेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कोरोना बिमा गर्नेहरू पनि बढिरहेका छन् । हालसम्म ९ लाख ४० हजार नेपालीले कोरोना बिमा गरिसकेका छन् । यो बीमा वापत ५३ करोड रूपैयाँ प्रिमियम शुल्क संकलन भएको छ । अहिलेसम्म दुई सय १३ जनाले कोरोना बिमाको रकम लगिसकेका छन् भने थप एक हजार जनाले दाबी गरेका छन् ।

औपचारिक रुपमा गत वैशाख ७ गतेबाट कोरोना बिमाको औपचारिक सुरुवात गरेको बिमा समितिले एक लाख रुपैयाँसम्मको कोरोना बीमा गर्न सक्ने व्यवस्था गरेको छ । वडा कार्यालयको सिफारिसका आधारमा २० वटा निर्जीवन बिमा कम्पनीहरू संलग्न पुल मार्फत बीमा गर्न सकिने समितिले जनाएको छ ।

हुन त पछिल्लो समयमा अनलाइन मार्फत पनि बीमा फारम भर्ने व्यवस्था गरेको छ । बीमा गरेको कम्तिमा १५ दिन पछि मात्र पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिए बीमा दाबी गर्न सकिने छ ।

अघिल्लो आर्थिक वर्षमा बीमा गरेकाको चैतसम्म र यो आर्थिक वर्ष सुरु भएपछि बीमा गरेकाले असार मसान्तसम्म बीमा दाबी गर्न पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.