‘नेपालमा रोजगारी छैन, अनि लाग्यौं भारत’ (भिडियो रिपोर्ट)

कैलालीको त्रिनगर नाका हुँदै केहि दिनयता कामको खोजीमा भारत जाने नेपालीको संख्या बढेको छ ।

घरमा बसेर परीवार पाल्न कठिनाइ भएपछि कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिरहेको भारत जान बाध्य भएको उनीहरु बताउछन् । कैलालीको त्रीनगर भन्सारबाट केहि दिनयता कामको लागी भन्दै करीब दुइहजार नेपालीहरु भारत गएका छन ।

भारत गएका अधिकांस नेपालीहरु भारतको सिम्लामा गएका हुन् । अहिले स्याउ टिप्ने समय भएकाले उनिहरु सिम्ला जान थालेका हुन् । भारत जाने कामदारहरुलाइ भारतीय ठेकेदारहरुले नेपाल भारत सीमा नाका सम्मा यातायातका साधनहरु पठाएर लैजाने गरेका छन । भारतीय आधार कार्ड भएकालाइ भारत जान सहज भएपनि अन्य नेपालीहरुलाई भने समस्या हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.