तलब वृद्धिको माग गर्दै जलविद्युत आयोजनाका मजदुरहरु आन्दोलित

पर्वत- तलब बढाउन माग गर्दै निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मेघावाट) का मजदुरहरु विरोधमा उत्रिएका छन् ।

लामो समयदेखि तलबभत्ता पनि नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा पटक पटक मजुदर कर्मचारीले आन्दोलन गर्दै आएका कारण तोकिएकै समयमा आयोजनाले उत्पादन दिन सकेको छैन ।

सम्पन्न गर्ने समय सकिएपनि आयोजनाको काम अझै बाँकी छ । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाइ हुने भएको छ । परीक्षण उत्पादनको तयारीमा रहेका बेला टनेलभित्र पानी चुहिएपछि अहिले मर्मत भइरहेको छ ।

विसं २०६९ साउनमा निर्माण शुरु आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयवासीको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.