विश्वभर संक्रमितको संख्या २ करोड ७० लाख नाघ्यो, भारतमा मात्रै ९० हजार बढिमा संक्रमण

काठमाडौं- विश्वभर गत २४ घन्टामा थप २ लाख ५७ हजार बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ हजार ६ सय बढिको मृत्यु भएको छ ।

हालसम्म विश्वभर ८ लाख ८२ हजार भन्दा बढिको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म २ करोड ७० लाख बढिमा कोभिड १९ को संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १ करोड ९१ लाख भन्दा बढि भने संक्रमणमुक्त भइसकेका छन् ।

विश्वभरमा संक्रमण पुष्टि भएका देश मध्ये भारतमा सबैभन्दा धेरै ९० हजार ६ सय जना भाइरसका संक्रमित फेला परेका छन् । भारतमा लगातार संक्रमित र मृतकको संख्या बढिरहेको छ ।

हालसम्म संक्रमणकै कारण पछिल्लो २४ घन्टामा १ हजार ४४ जना गरि संक्रमणका कारण ७० हजार ६ सय बढिको मृत्यु भएको छ । भाइरसबाट प्रभावित मुलकु अमेरिका र ब्राजिलमा भने संक्रमण र मृत्यु दर केही घटेको तथ्याङक छ ।

अमेरिकामा ७ सय ३ जना र ब्राजिलमा ६ सय १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अमेरिकामा करिब ४० हजार र ब्राजिलमा ३१ हजार बढिमा संक्रमण पुष्टि भएको छ ।

यसैबिच, अष्ट्रेलियाको मेलबर्नमा कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनको विरुद्धमा प्रदर्शनरत ३ सय जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको नियम उल्लङघन गर्नेहरुलाइ नियन्त्रणमा लिइनुका साथै जरिवाना समेत लिइएको प्रहरीलाइ उद्घृत गर्दै बिबिसिले उल्लेख गरेको छ। स्वतन्त्रता र मानव अधिकार हनन् भएको भन्दै अष्ट्रेलियाका मेलबर्न, सिड्नी, ब्रिसब्रेन लगायतका स्थानमा प्रदर्शन गरिएको हो । अष्ट्रेलियाका केही स्थानमा पछिल्लो २ महिना यता संक्रमण र मृत्युदर दुवै बढेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.