दोलखामा भुकम्प पिडितको घर बन्यो तर सम्पन्नताको प्रमाण-पत्र छैन

दोलखा- दोलखामा ६१ हजार भुकम्प पिडितले निजी आवास निर्माण सम्पन्न गरेपनि सम्पन्नताको प्रमाणपत्र लिनेको सङ्ख्या भने न्युन छ । आवास निर्माण सम्पन्न गरेर सम्पन्नताको प्रमाणपत्र लिने लाभग्राहीको सङ्ख्या २८ हजार रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

भुकम्प गएको ५ वर्षसम्म निजी आवास निर्माण सम्पन्न गरेका जिल्लाभरका २८ हजार ३ सय २१ लाभग्राहीलाई निर्माण सम्पन्नको प्रमाणपत्र वितरण गरिएको छ ।

लाभग्राहीले निर्माण सम्पन्नताको प्रमाणपत्र लिनुपर्छ भन्ने नबुझेको र आवेदन नदिएकाले पनि सो प्रमाणपत्र कम मात्रै वितरण भएको प्राविधिक कार्यालयका निमित्त प्रमुख अर्जुन तमाङले जानकारी दिनुभयो ।

७३ हजार लाभग्राही मध्ये ६१ हजार निजी आवास निर्माण सम्पन्न भएको मध्ये ३३ हजार भुकम्प पिडितले अझै पनि आवास निर्माण सम्पन्नताको प्रमाणपत्र लिएका छैनन ।

प्रमाणपत्र लिनुपर्छ भन्ने ज्ञान नभएकाले पनि लिनेको सङख्या न्युन भएकाले अब गाउँ गाउँमा यस विषयमा जानकारी गराउने कार्यन्वयन इकाईका निमित्त प्रमुख तमाङले बताउनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.