पहिरोले पाइप बगाउँदा फुलिवनमा खानेपानीको हाहाकार
रोल्पा- रोल्पाको सुनछहरी गाउँपालिका–१ फुलिवनमा खानेपानीको हाहाकार भएको छ ।
पहिरोका कारण विस्थापितहरुलाई राखिएको एकिकृत बस्तीमा पुग्न बनाइएको नयाँ मोटरबाटोका कारण गएको पहिरोले खानेपानीको पाइप बगाएपछि फुलिवनमा खानेपानीको चरम समस्या भएको हो ।
खानेपानी नआएपछि अहिले फुलिवनका स्थानीय खोला र नहरको पानी खान बाध्य भएका हुन । वर्षा याममा पानीजन्य रोगको संक्रमण बढी हुने भएतापनि फुलिवनका स्थानीय भने दूषित पानी पिउन बाध्य भएका छन।
गतभदौको ५ गते गएको पहिरोले खानेपानीको पाइन बगाएपछि फुलिवनका करिब ३० घरधुरीले फोहोर पानी प्रयोग गर्नु परेको स्थानीय मोतिराम विकले गुनासो गर्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्