जन्मदिनका अवसरमा मन्त्री भट्टराईद्वारा एक महिनाको पारिश्रमिक एसिड पीडितलाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एक महिनाको पारिश्रमिक एसिड पीडित मुस्कान खातुनलाई हस्तान्तरण गर्नुभएको छ ।

५४ औं जन्मदिनका अवसरमा मन्त्री भट्टराईले आफूले प्राप्त गर्ने पारिश्रमिकमा कर र लेबी कटाएर खातुनलाई हस्तान्तरण गर्नुभएको हो । विगतमा पनि उहाँले जन्मदिनमा खर्च हुने रकम अभिभावकविहीन बालबालिकाको शिक्षामा खर्च गर्ने गर्नुभएको थियो ।

गएको माघमा एक कार्यक्रममा खातुनसँग भेट भएको स्मरण गर्दै मन्त्री भट्टराईले त्यही दिन आफूले उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने वचन दिएको बताउनुभयो । ‘आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु्,’ उहाँले भन्नुभयो, ‘बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमिकमा कर र लेबी कटाएर सहयोग गरेको छु ।’

केही दिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्कानलाई बालुवाटरमा बोलाएर उनको शिक्षाको व्यवस्था मिलाउने वचन दिनु भएको थियो । मन्त्री भट्टराईले मुस्कानको डाक्टर बन्ने इच्छा पूरा हुने कामनासमेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.