नेपालमा एकैदिन १८१४ डिस्चार्ज, ९८० संक्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट संक्रमित निको हुने दर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएका छन् । नेपालमा संक्रमित निको हुने दर ६३ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०३८२ जनाको पीसीआर परीक्षण गर्दा २९० जना महिला र ६९० जना पुरुष गरी ९८० संक्रमित भएका छन् ।

काठमाडौं उपत्यकामा संक्रमित संख्या पनि घटेर ३५४ रहेको छ । काठमाडौंमा २९० तथा भक्तपुर र ललिपुरमा ३२–३२ जना संक्रमित भएका छन् ।

९ जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ७४, ६८ र ८५ वर्षीय पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यसैगरी, मोरङकी ६४ र झापाकी ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

थपिएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.