रातो मच्छिन्द्रनाथको रथयात्रामा जे देखियो (भिडियो)

काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा स्वास्थ्य मापदण्ड तथा सुरक्षाका बीच विधिपूर्वक सम्पन्न भएको छ । कोरोना भाइरसको सङ्क्रमणको बढ्दो जोखिमका कारण यो वर्ष सिमित सङ्ख्यामा सहभागी भएर जात्राको कार्य सम्पन्न गरिएको हो ।

उपत्यकाकै सबै भन्दा लामो जात्राका रुपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न भएको हो । बर्षा र सहकालको देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथ यात्रा यो वर्ष कोरोना भाइरसका कारण रथारोहण पछि सबै कार्य रोकिएका थिए । यसअघिको जस्तै रथयात्रा गर्नु पर्ने स्थानीयबासीको माग भएपनि बढ्दो सङ्क्रमणका कारण रथ यात्रा रोकिएको हो ।

यसबीच आइतबार कडा सुरक्षाकाबीच ललितपुरका १९ जातीय खलको सक्रियता र ज्यापु समाजको अगुवाइमा १ सय ६० जनाले सामाजिक दुरी कायम गरी सांकेतिक रुपमा करिव ५० मिटर रथ तानेर सोह्खुट्टे पाटी पुर्याएका हुन ।

रथ यात्रामा कोरोना सङ्क्रमणलाई मध्य नजर गर्दै मास्क, पञ्जा, भाइजर र सेनिटाइजरको प्रयोगका साथै सुरक्षाका सबै उपाय अपनाएको थियो । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरको गा बहाल, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा पुर्याएर सम्पन्न गर्ने परम्परा रहेको छ । तर कोभिड १९ का कारण यसवर्ष नगर परिक्रमा नगराइकनै जात्रा सम्पन्न गरिएको हो ।

सोमबार साइत हेरी मच्छिन्द्रनाथलाई भदौ २६ गते सम्म बुङमतीमा लगिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.