डोटीमा ३० जनामा स्क्रबटाइफस

डोटी- डोटीमा ३० जना स्क्रबटाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पतालमा एक महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा ३० जना स्क्रबटाइफसका बिरामी फेला परेका हुन् ।
सङ्क्रमण देखिएकामध्ये केहीमा जटिल समस्या देखिएकाले आईसियुमा राख्न जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा थप उपचारका लागि रेफर गरिएको जिल्ला अस्पतालका एमडिजिपि डा. प्रमोद भट्टले बताउनुभयो ।
स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढदै गएपछि बच्न सकिने उपायका बारेमा स्वास्थ्य कार्यालय मार्फत जनचेतना फैलाउने कार्य भइरहेको स्वास्थ्य कार्यालयका डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।-






प्रतिक्रिया राख्नुहोस्