पत्रकार बर्माको निधन
काठमाडौं– नेपाल टेलिभिजनका पूर्वसंवाददाता बनारसी बर्माको निधन भएको छ ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका पूर्वउपाध्यक्षसमेत रहनुभएका वरिष्ठ पत्रकार बर्माको ६२ वर्षको उमेरमा सोमबार दिउँसो २ः३० बजे रुपन्देहीको तौलिहवास्थित निवासमा निधन भएको हो । उहाँ लामो समयदेखि मिर्गौला, सुगर, उच्च रक्तचापलगायतका रोगबाट पीडित हुनुहुन्थ्यो ।
विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय बर्माले लामो समय नेपाल टेलिभिजनमा काम गर्नुभएको थियो । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सोमबार शोक बक्तव्य जारी गर्दै बर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र निर्भीक पत्रकार गुमाएको उल्लेख गर्नुभएको छ । ‘नेपाल पत्रकार महासंघ स्वर्गीय बर्माप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ,’ महासचिव विष्टले भन्नुभएको छ, ‘यस दुःखद् घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।’
स्वर्गीय बर्माका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहन्छ ।
प्रतिक्रिया राख्नुहोस्