मोरङ निषेधाज्ञा थप खुकुलो

विराटनगर– जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभरी लगाएको निषेधाज्ञालाई भदौ २८ गते राति १२ बजे सम्म लम्व्याउने निर्णय गरेको छ ।

पछिल्लो पटक खुकुलो प्रावधानसहित लगाएको निषेधाज्ञा सोमबार राति १२ बजे देखि सकिदै थियो । भाद्र ५ गते देखि जिल्ला प्रशासन कार्यालय मोरङले मोरङका ४ वटा पालिकाहरुबाट निषेधाज्ञा लगाउन सुरु गरेको थियो ।

सवारी साधनहरुमा लगाइएको जोरबिजोर प्रणाली यसपटक हटाइएको छ । सिटी रिक्सामा भने जोरबिजोर प्रणाली लगाइएको छ । बेलुका ४ बजे सम्म बजार पसल खुला गर्ने कार्यलाई बढाएर साँझ ७ बजे सम्म खोल्ने निर्णय भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिनुभयो ।

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम लगाइएको निषेधाज्ञामा जिल्लाभरी राति ९ बजे देखि बिहान ५ बजे सम्म हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.