रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात रिहा

ललितपुर- गत बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए ।

यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये ती रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले रथयात्रामा झडप गर्ने सहभागीमध्येका कूल २० जनालाई समातेका थियौँ । तिनमध्ये १७ जनालाई मुद्दा चलाइएको छ । ती १७ मध्ये आज छाडिएका छ जनामा कोरोना पोजेटिभ र एकमा मानसिक समस्या देखिएकाले उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका हौं ।” यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ ।

रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै हिजो केहीले जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए । प्रशासनले गत शनिबारदेखि आउँदो शुक्रबारसम्म यहाँका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा हुन नपाउने विज्ञप्ति जारी गरेसँगै उक्त घेराउ गर्नेहरुलाई प्रहरीले हटाएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.