अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्मकै धेरै क्षेत्रफल भूभागमा वन डढेलो

अमेरिकाको क्यालिफोर्निया राज्यमा यस वर्ष अहिलेसम्मकै धेरै क्षेत्रफल भूभागमा वन डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि ठूलो संख्यामा अग्नी नियन्त्रणकहरु खटिएका छन् तर अझै पनि डढेलो नियन्त्रण हुन भने सकेको छैन ।

अमेरिकाको वन तथा अग्नी नियन्त्रण विभागका अनुसार २० लाख एकडभन्दा बढी भूभाग वन डढेलो सखाप पारेको छ । डढेलोले सखाप पारेको क्षेत्र अमेरिकाका अर्को राज्य डेलावेरभन्दा पनि ठूलो क्षेत्रफल हो ।

एउटा पार्टीबाट लागेको डढेलो ७ हजार एकडसम्म फैलिएको अधिकारीहरु बताएका छन् । आगलागीकै कारण हाल क्यालिफोर्नियामा अत्यधिक गर्मी महसुस गरिएको छ । लस एन्जल्स काउन्टीमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरियो ।

सो क्षेत्रमा आइतबार ४९ दशमलब ४ डिग्री सेन्टिग्रेड तापक्रम मापन गरिएको हो । यद्यपी मंगलबारदेखि तापक्रम घट्ने अनुमान गरिएको छ । तर शक्तिशाली हावाहुरी आउन सक्ने भन्दै त्यसले डढेलो अझै फैलन सक्ने भन्दै त्यहाँको राष्ट्रिय मौसम सेवाले आम सर्वसाधारणलाई सचेत गराएको छ ।

क्यालिफोर्निया राज्यका २४ स्थानमा लागेको आगलागी नियन्त्रणका लागि १४ हजारभन्दा बढी अग्नी नियन्त्रकहरु निरन्तर रुपमा खटिएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.