संक्रमित पत्ता लगाउन काठमाडौं महानगरपालिकामा ‘अपरेशन सेन्टर’ स्थापना

काठमाडौं- काठमाडौं महानगरपालिकाले कारोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेशन सेन्टर स्थापना गरेको छ ।

हरेक दिन कोरोना सङ्क्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास शुरु गरेको हो ।

पहिलो चरणमा यसअघि बढी सङ्क्रमित देखिएका वडाहरुमा स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिसकिएको छ ।

कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कुँवरका अनुसार ३२ वटै वडामा टोली बनाएर सोमबारबाट काम शुरु भइसकेको छ ।

टोलीले होम क्वारेन्टिन र आइसोलेशनमा बसेकाको अवस्थाबारे जानकारी लिने र आवश्यकताका आधारमा अस्पताल लैजानेसम्मको सहजताको काम गर्ने महानगरपालिकाले जनाएको छ ।

टोलीलाई ‘केस’को पहिचान गर्नेदेखि कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परिक्षण गर्नेसम्मको अधिकार रहेको छ ।

अहिलेसम्म काठमाडौं उपत्यकामा मात्रै करिब नौ हजारको सङ्ख्यामा कोरोनाका बिरामी छन् भने काठमाडौं जिल्लामा मात्रै करिव ७ हजार जना संक्रमित भइसकेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.