काँग्रेसले वीपी जयन्ती भर्चुअल माध्यमबाट कार्यक्रम गरी मनाउँने

काठमाडौं- नेपाली काँग्रेसले जननेता वीपी कोइरालाको १०७ औं जन्म जयन्ती भदौ २४ गतेदेखि बिभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको छ ।

तर यस पटकको कार्यक्रममा भर्चुअल मिडियाको प्रयोग गरिने काँग्रेसले जनाएको छ ।

यही साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन जिल्ला र बिदेशस्थित जनसम्पर्क समितिहरुलाई केन्द्रीय समितिका तर्फबाट काँग्रेस केन्द्रिय कार्यालयले परिपत्र गरेको छ।

कोरोना प्रतिकुलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरी अनिवार्य रुपले भौतिक दूरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअल रूपमा कार्यक्रम गर्न काँग्रेसले सबै नेता तथा कार्यकर्ताहरुलाई आग्रह पनि गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.