धादिङमा स्क्रव टाइफसको संक्रमण बढ्दै

धादिङ – धादिङ जिल्लामा कोरोना भाइरसको संक्रमणको दर दैनिक जसो बढिरहेको बेला फेरि स्क्रव टाइफस पनि महामारीकै रुपमा देखा पर्न थालेको छ ।

गत महिनादेखि हालसम्म स्क्रव टाइफसबाट संक्रमित ७६ जान भेटिएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

आजकाल जिल्ला अस्पताल धादिङमा दिनहुँजसो स्क्रव टाइफसका विरामीहरु उपचारका लागि आउने गरेका छन ।

उच्च ज्वरोको उपचारका लागि आएका विरामीहरुको रगत जाँच्दा यो रोग फेला पर्ने गरेको छ ।

धादिङमा गत तीन वर्षदेखि देखा पर्दै आएको यो रोग यो वर्ष गत असारको अन्तिम सातामा फटफुट देखा परेको थियो ।

कोरोनाको संक्रमणका कारण विरामीहरु उपचारका लागि अस्पतालसम्म पनि नआई रहेको बेला यससँग मिल्दो जुल्दो लक्षण देखा परेका विरामीहरु गाउँघरतिर पनि रहेको स्थानीय बताउँछन ।

अस्पतालमा ज्वरो आएका विरमीहरु सकेसम्म उपचार गर्न नआउने भएकाले गर्दा स्क्रव टाइफसको उपचारमा समस्या उत्पन्न भएको छ ।

यस रोगलाई महामारीको रुपमा फैलन नदिन आफ्नो घर वरपर फोहर र झाडी हुन नदिने साथै मुसाको नियन्त्रण गर्नु पर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

बिशेषगरि खेत र झाडीमा बस्ने संक्रमित मुसामा हुने Rickettsia tsutsugamushi नामक सुक्ष्म किराको टोकाइबाट मानिसमा यो रोग लाग्ने गर्दछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.