कोरोनाका कस्ता संक्रमितलाई आइसीयूमा राख्नुपर्छ ? (भिडियो)

काठमाडौं- कोरोना संक्रमितलाई सहज उपचारको व्यवस्था गर्न सरकारले देशका विभिन्न अस्पताललाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा विकास गरेको छ । यी अस्पतालहरुमा आईसीयु पनि थप गरिएको छ ।

कोरोनाका कस्ता संक्रमितलाई आइसीयुमा राख्नुपर्छ त ?

कोरोना संक्रमित हुने वित्तिकै जोसुकैलाई पनि अस्पताल भर्ना गर्नुपर्दैन । संक्रमणको लक्षण देखिएकाहरुलाई मात्र अस्पतालमा भर्ना गर्ने गरिएको छ । लक्षण नदेखिएका संक्रमितहरु स्वास्थ्यकर्मीको निगरानीमा घरमै बस्न पाउने व्यवस्था छ ।

अस्पताल भर्ना भएका संक्रमित मध्ये पनि सबैलाई आईसीयुमा राख्नु पर्दैन । स्वासप्रश्वासमा गम्भीर समस्या देखिएका र जोखिम बढी भएकालाई मात्र आईसीयुमा राखेर उपचार गर्ने गरिएको छ ।

घरमै आइसोलेसनमा बसेका संक्रमितहरुमा कुनै पनि बेला स्वासप्रश्वासमा समस्या देखिन सक्छ । छिटोछिटो स्वास फेरेमा वा स्वास फेर्न समस्या हुन थालेमा उसलाई अक्सिजनको कमी भएको हुनसक्छ ।

त्यस्तो अवस्थामा भने बिरामीलाई तत्काल अस्पताल पुर्‍याए। आईसीयुमा भर्ना गर्नुपर्ने हुन्छ ।

कतिपय ठाउँमा आईसीयु पहिले नै भरिभराउ भएका हुनसक्छन् । यस्तो बेलामा बिरामीलाई आकस्मिक कक्षमा राखेर अक्सिजन दिने व्यवस्था गरिएको हुन्छ । आकस्मिक कक्षमा राखेर उपचार गर्दा बिरामीलाई घोप्टो पारेर सुताउँदा पनि स्वासप्रश्वासमा देखिएको समस्या कम हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

आईसीयुमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले संक्रमणबाट बच्न विशेष सावधानी अपनाउनुपर्छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सबैभन्दा राम्रो गुणस्तरको पीपीई प्रयोग गर्नुपर्छ ।

कोरोनाका लक्षण देखिएका सबैलाई आईसीयु आवश्यक पर्दैन । कतिपयलाई वार्डमै राखेर उपचार गर्न सकिन्छ । जोखिम बढी भएकालाई आईसीयुमा राख्ने र अवस्था थप गम्भीर देखिएकालाई भेन्टिलेरमै पनि राख्नुपर्ने चिकित्सकहरु बताउँछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.