यात्रु ओसार्दा अनियमिता भएको भन्दै महासंघको विरोध (भिडियो)

काठमाडौं- कोभिड १९ का कारण बिदेशबाट फर्केका नेपालीहरुलाइ ओसार पसार गर्न सार्वजनिक यातायातका साधनहरु प्रयोग गर्ने क्रममा आर्थिक अनियमितता गरिएको आरोप लगाउँदै सार्वजनिक यातायात केन्द्रिय महासंघले काठमाडौंको मिनभवनस्थित यातायात ब्यवस्था विभाग अगाडि धर्ना दिएको छ ।

होल्डिङ सेन्टरबाट बिभिन्न गन्तब्यसम्म यात्रुहरु ओसार्दा चर्को भाडा असुल गरिएको महासंघको आरोप छ । यसैगरी प्रयोग भएका साधनहरुबाट समेत गैरकानूनी रुपमा रकम उठाइएको महास‌ंघको भनाइ छ ।

महासंघका महासचिव भरत नेपालले सबै ब्यवसायीहरुलाई समान ब्यवहार नगरेर सिण्डिकेट खडा गरिएको र इच्छाइएका ब्यवसायीहरुलाई मात्र काम दिएको बताउनुहुन्छ ।

कोभिड- १९ को कुनै प्रयोजनका लागि उपयोग हुने यातायात साधनहरुको ब्यवस्थापन पारदर्शी र न्यायसम्मत रुपमा गर्नुपर्ने ब्यवसायीहरुको माग छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.