नेता गिरीको मृत्युका बारेमा न्यायिक छानविन माग राख्दै धर्ना

नवलपरासी- नेपाली काँग्रेसका नेता सुवासचन्द्र गिरीको मृत्युको घटनाबारे न्यायिक छानविनको माग राख्दै आज जिल्ला प्रशासन कार्यालय अगाडि आफन्त र शुभेच्छुकले धर्ना दिएका छन ।

नेपाली कांग्रेसका जिल्ला उप-सभापति ३८ वर्षीय सुवाचन्द्र गिरीको साउन २३ गते भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा पित्तथैलीको अपरेशन गरिएको थियो ।

अपरेशनपछि कोराना संक्रमण देखिएका उनको उपचारका क्रममा भदौ १ गते पाटन अस्पतालमा मृत्यु भएको थियो ।

कोरोना संक्रमणको कारण देखाउँदै मृत्यु भएको घटना शंकास्पद रहेको भन्दै पश्चिम नवलपरासीका राजनीतिक दल, संघसंस्था र परिवारजनहरुले छानविन गर्न सरकारसँग माग गरेका हुन् ।

नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र राजनीतिक समूह, नागरिक समाज, किसान हकहित संरक्षण मञ्च लगायतका सरोकारवालाहरुले घटनाको छानविनसहित दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

अपरेशनका क्रममा चिकित्सकहरुले गरेको लापरबाहीलाई ढाकछोप गर्न कोरोना संक्रमणको कारण देखाइएको भन्दै छानविन गर्न माग गरेका हुन् ।

परिवारजनले पनि सामान्य अवस्थामा अपरेशन गर्न पुगेका गिरीको अपरेशनका क्रममा लापरबाही हुँदा मृत्यु भएकोले चिकित्सक र अस्पताललाई कारबाहीको मागसहित जिल्ला प्रशासनमा यस अगाबै निवदेन दिएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.