बिपी जयन्तीमा तरुण दलद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं- नेपाल तरुण दलले १०७ औं बिपी जयन्तीको अवसरमा विभिन्न अस्पतालहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना महामारीकाबीच जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिनुभयो ।

तरुण दलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालको हाडजोर्नी विभागमा गएर १ हजार थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड तथा वीर अस्पताल अन्तर्गत नाक, कान, घाँटी विभागलाई १ हजार थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड प्रदान गरेको हो ।

तरुण दललाई यी स्वास्थ्य सामाग्री नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.