धुलिखेलको एउटै टोलमा २५ जना कोरोना संक्रमित

काभ्रे-  काभ्रेमा आज २९ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित काभ्रे भञ्ज्याङको एउटै टोलमा मात्र २५ जना कोरोना संक्रमित भेटिएका हुन् ।

एउटै टोलमा ज्वरो र संक्रमणका लक्षण देखापरेसँगै कोरोना परिक्षण गरिएको थियो ।

संक्रमित हुनेहरुमा ९ वर्षका बच्चा देखि ८० वर्षसम्मका वृद्ध रहेका छन् । ठूलो संख्यामा संक्रमित फेला परेसँगै धुलिखेल नगरपालिकाको ९ नम्बर वडा सिल गरिएको छ ।

यस्तै, संक्रमितलाई उपचारका लागि धुलिखेल अस्पताल र नगरपालिकाको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यस्तै, स्वास्थ्य कार्यालय काभ्रेका स्वास्थ्य प्रमुख नरेन्द्र कुमार झाले काभ्रेमा संक्रमितको संख्या ३ सय ६३ पुगेको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आज धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रे भञ्ज्याङको एउटै टोलमा २५ पनौती नगरपालिका ३ र शिर अस्पतालका १ संक्रमित थपिएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.