नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड– १९)बाट बुधबार थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ पुरुष र ३ जना महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंकी ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपालमा हालसम्म निधन हुनेको संख्या ३१२ जना रहेको छ । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशत ०.६२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्