बैंकले अब आफूखुसी ब्याजदर परिवर्तन गर्न नपाउने

काठमाडौं– बैकहरुबाट ऋण लिनासाथ थाहै नदि२ ब्याजदर बढाइएकोले तपाईं हैरान हुनुभएको छ रु तर अब भने बैंकहरुले प्रस्ताव पत्रमा तोकिएको व्याजदरमा परिवर्तन गर्न नपाउने भएका छन् ।

नेपालमा बैंकहरूले तरलताको अवस्था हेरि आफूखुसी कर्जा तथा निक्षेपको व्याजदर परिवर्तन गर्दै आएका छन्। यसले गर्दा ग्राहकहरूमा बैङ्कहरू प्रति गुनासो पनि रहँदै आएको छ। तर अब व्यक्तिगत कर्जामा बैङ्कले एकतर्फी रूपमा ब्याजजदर परिवर्तन गर्न नपाउने भएका छन्। एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्न नेपाल राष्ट्र बैङ्कले सबै वाणिज्य बैङ्कहरूलाई निर्देश गरिसकेको छ। अबदेखि घर तथा गाडी किन्नका लागि ऋण लिएका वा लिनेहरुका लागि स्थिर ब्याजदरको सुविधा बैंक तथा वित्तीय संस्थाहरुले दिनुपर्ने छ ।

ऋणीले ऋण लिंदाखेरी तोकिएको ब्यादर नै भुक्तानी गरुञ्जेलसम्म पनि कायम हुने छ । तर ग्राहकले नै आधार दर परिवर्तन हुँदा परिवर्तन हुनेगरी ब्याजदरमा कर्जा लिन चाहेमा भने व्याजदर परिवर्तन हुन सक्ने छ । बैंकिङ प्रणालीमा स्थिरता र विश्वसनीयता कायम गर्ने गरी यो व्यवस्था लागु गर्न लागेको राष्ट्रबैकको भनाइ छ ।

ऋण लिँदा व्याजदर स्थिर रहने वा परिवर्तन हुनेगरी लिने भन्ने छनौट भने ऋण लिने व्यक्ति स्वयम्‌ले गर्न पाउने छन् । बैङ्कहरूले होइन।

यसअघि नै मासिक र त्रैमासिक र आवधिक किस्तामा भुक्तानी हुने गरी ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा लगायतका आवधिक कर्जाको हकमा ग्राहकले अनुरोध गरेमा स्थिर ब्याजदर कायम हुने गरी बैंकले कर्जाका शर्तहरु परिवर्तन गर्नु पर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.