पाल्पामा २८ जना संक्रमित थपिए

पाल्पा- पाल्पामा एकैदिन थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तानसेन नगरपालिकाका १६ जना, रम्भा गाउँपालिकाका ९ जना र पाल्पा अस्पतालमा उपचाररत ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष तथा ३ जना वडा सदस्य र रम्भा गाउँपालिकाका एकजना वडाअध्यक्ष र १ जना वडा सदस्य गरी ६ जना जनप्रतिनिधि रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

तानसेन नगरपालिकाले समुदायका व्यक्तिको नमुना पीसीआर परिक्षणका क्रममा १६ जनामा संक्रमण देखिएको र जसमध्ये कोरोना संक्रमणबाट गत भदौ १२ गते मृत्यु भएकी तानसेन–८, पिपलडाँडाकी ३० वर्षीया महिलाका श्रीमानलाई पनि संक्रमण भएको सुचना अधिकारी पन्थीले बताउनुभयो ।

पाल्पामा हालसम्म ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६० जना भन्दा बढी समुदायका रहेका छन भने कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.