२१ दिनपछि संक्रमणमुक्त भए दुई चिकित्सक ( भिडियोसहित)

चितवन : चितवनमा एकैचोटी संक्रमित दुई चिकित्सकहरु संक्रमणमुक्त भएका छन ।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)को डेण्टल विभागमा कार्यरत डा. प्रतिक्षा पौडेल र डा.श्रीया गौतम कोरोना मुक्त भएका हुन् ।

उनीहरुलाई भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दुबै जना चिकित्सक २१ दिनपछि कोरोना मुक्त भएका छन्।

देश र जनाको लागि सेवा गरिरहँदा आफु संक्रमित हुन पुगेको भन्दै उनीहरुले कोरोनालाई सजिलै जित्न सकिन्छ भनेर आत्मबल बनाएको र अहिले संक्रमण मुक्त भएको बताए ।

अब पुन: विरामीको सेवामा निरन्तरता लाग्ने डा. प्रतिक्षाले बताइन् । कोरोनालाई आत्मबलले सजिलै परास्त गर्न सकिने भएकाले कोरोना संक्रमितलाई हेलाको दृष्टिले नहेर्न सबैलाई आग्रह पनि गरिन् । घर परिवार र आफन्तहरुको हौसला र प्रेरणाले आफुले कोरोनालाई सजिलै जितेको उनको भनाइ थियो ।

यस्तै डा. श्रीयाले जो सुकैलाई पनि कोरोना लाग्न सक्ने भएकाले आवश्यक स्वास्थ्य संयमता अपनाउन आग्रह गरेकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.