संसदीय समितिद्वारा तीन राजदूत सर्वसम्मत अनुमोदन

काठमाडौं– संसदीय सुनुवाई समितिले प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले बेल्जियम र यूरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको नाम अनुमोदन गरेको हो ।

संविधानअनुसार प्रस्तावित राजदूतलाई राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।

भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारी, अधिकारी र खड्काको नाम सिफारिस गरेको थियो । तीनै जना परराष्ट्रका सहसचिव हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.