पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न भनिएका पटेल पक्राउ

बारा– बाराका पत्रकार बीरन्द्र साहको हत्यामा संलग्न रहेका अर्का एक व्यक्तिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

जिल्लाको कोल्हबी नगरपालिका ४ स्थित सपहीबाट प्रहरीले हरेराम पटेललाई पक्राउ गरको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार केही समय अघि देखि कोल्हबी आसपासमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

घटना घटेको १३ वर्षपछि बारा प्रहरीले हत्यामा संलग्न भनिएका ५ जना मध्ये ४ जनालाई हाल सम्म पक्राउ गरेको छ । पक्राउ परेका दुई जनालाई यस अघि नै अदालतबाट सर्वस्व सहित जन्मकैदको फैसला भएको छ ।

गत फागुन २५ गते पक्राउ परेका कुन्दन फौजदारको हकमा समेत बारा प्रहरीले सर्वस्व सहित जन्मकैद माग दाबी गरी अदालत पेश गरेको छ । फौजदारको मुद्धा हाल मुलतबीमा रहेको छ ।
बिहीबार पक्राउ परेका पटेललाई समेत सर्वस्व सहित जन्मकैदको माग दाबी गरी अदालत पेश गरिने समेत बारा प्रहरीले जनाएको छ ।

तत्कालिन माओवादीले १८ असोज २०६४ सालमा बाराका पत्रकार साहलाई अपहरण गरी हत्या गरि गाडेको अवस्थामा कार्तिक २२ गते टाँगियाबस्तीको जंगलमा शब भेटिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.