थला पर्ने भयो सौराहा

चितवन– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहा सहित चितवनको पर्यटन क्षेत्र कोभिड–१९ का कारण थला पर्ने अवस्थामा पुगेको छ ।

करिब तीन महिनाको लामो लकडाउनपछि विस्तारै होटल सञ्चालनमा आउन थालेको भएपनि पछिल्लो समय जारी भएको निषेधाज्ञासँगै पर्यटन थला परेको व्यवसायीहरु बताएका छन ।

अफसिजनको समयमा बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटकले धानिदै आएको सौराहामा लामो समयको बन्दाबन्दीले गर्दा व्यवसायीहरु निराश बनेका पर्नियटन व्यबशायी गोर्कण गिरीले बताउनु भयो ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटन वर्ष २०२० मा चितवनमा मात्रै चार लाख पर्यटक भित्र्याउने गरी बैंकबाट कर्जा लिई संरचना निर्माण काम थालिएको तर असहज परिस्थितिका कारण ब्यबशायी मर्कामा परेको बताउनु भयो । सौराहामा साना ठूला गरी १२० वटा होटल तथा ५७ वटा रेष्टुराँ रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.