बेलुका एकैपटक काठमाडौं प्रवेश गर्ने टिपरका कारण एम्बुलेन्सलाई सास्ती

काभ्रे- साँगा नाका हुँदै बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म निर्माण सामग्री बोकेर सयौं टिपर उपत्यका प्रबेश गर्ने गरेका कारण एम्बुलेन्स लगाएतका साना ठुला सवारीसाधनहरुले सास्ती भोग्दै आएका छन् ।

बेलुका निर्माण सामग्री बोकेका टिपरहरुले राजमार्ग नै ढाक्नेगरि टिपर चलाएका कारण समयमै बिरामीलाई अस्पताल पुर्‍याउन कठिन भएको एम्बुलेन्स चालक बताउँछन् ।

टिपरका कारण बनेपाबाट काठमाडौ पुग्न ३० मिनेटको बाटोलाई अहिले तीन घण्टा भन्दा बढि लाग्ने गरेको एम्बुलेन्स चालकहरु बताउँछन् ।

जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक बिशाल तामाङका अनुसार बेलुका दिनमा दुई हजार भन्दा बढि टिपर उपत्यका प्रवेश गर्ने गरेका छन् । जसका कारण एम्बुलेन्स लगायत साना ठुला सवारीसाधनहरुले सास्ती भोग्नु परेको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.