नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै उच्च, एकैदिन थपिए १४५४ जना, उपत्यकामा मात्रै ६९६ संक्रमित
बितेको २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित हुने संख्या अहिलेसम्मकै उच्च रह्यो । शुक्रबारमात्रै १४५४ जना संक्रमित भए ।
देशभर १०७०१ जनाको पीसीआर परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९७२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३६६७२ रहेको छ ।
उपत्यकामा मात्रै ६९६ संक्रमित
उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६९६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६२० तथा भक्तपुर र ललितपुरमा ३८–३८ जनामा संक्रमण पुष्टि भएको हो ।
५ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङमा एकजना ४० वर्षीया महिला छन् । मन्त्रालयका अनुसार महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष छन् ।






प्रतिक्रिया राख्नुहोस्