जुम्लाका प्रजिअ थापा कोरोना सङ्क्रमणमुक्त
जुम्ला- जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ ।
दश दिनको आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । सङ्क्रमणमुक्त भएपछि उहाँले आयुर्वेदिक औषधिको प्रयोगले पनि कोरोना भाइरस जित्न सहयोग पुगेको बताउनुभयो ।
उहाँले कोरोनाको कुनै उपचार नभएको बेला नागरिकहरुको माया, हौसला सहानुभूति र शीघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छा नै कोरानासँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेको बताउनुभयो ।
हरेकले आत्मबल बलियो बनाउँदा कोरोनामाथि विजय हुने उहाँले विश्वास थियो । एक हप्ताको आइसोलेशन बसाइपछि नियमित काम आउने प्रजिअ थापाले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणमुक्त भएका अधिवक्ता दिलबहादुर महतले कोरोनाले भन्दा यसको आतंकले मानिस बढी प्रभावित भएको बताउनुभयो । कोरोना भाइरसलाई महामारी र आतंक बनाएर समाजमा भएका अनियमित क्रियाकलाप रोक्नतर्फ सरकारलाई ध्यान पुर्याउन उहाँले आग्रह गर्नुभयो ।-
प्रतिक्रिया राख्नुहोस्