चोरीका मोबाइल खौज्दै जनतालाई फिर्ता गर्दै

चितवन- चितवन प्रहरीको सक्रियतामा हराएको मोबाइल धमाधम पक्राउ गर्दै फिर्ता गर्ने अभियान सुरु भएको छ । चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङ्गले आम जनताको सुझाव अनुसार चितवनमा प्रहरीले मोबाइल हराउने तथा चोरीका मोबाईलहरु खोज्न छुटै युनिट नै खडा गरि अभियान सुरु गरेको हो ।

चितवन प्रहरीले निगरानी बढाएसंगै चोरीका मोबाईलहरु पक्राउ गर्न थालेको हो । चितवन प्रहरीका अनुसार कार्यालयको सूचना संकलन तथा अनवेषण शाखाको नेतृत्वमा विभिन्न समयमा हराएका मोबाइल फोन फेला पारी सम्बन्धित १७ वटा मोबाइल धनीलाई जिम्मा लगाईएको छ ।

विभिन्न मिति र समयमा विभिन्न कम्पनीका मोबाइलहरु हराएका तथा चोरी भएको निवेदन दर्ता हुने क्रम बढेको थियो एसपी गुरुङ्गले भने, यस कार्यालयमा प्राप्त निवेदन अनुसार खोजतलासको क्रममा विभिन्न कम्पनीका १७ थान मोबाइलहरु फेला पारी फिर्ता गरेका हौँ ।, तर हाम्रो अभियान जारी छ ।

एसपी नान्तीराजले चितवनमा अझै पनि ६० वटा मोबाइल खोजी कार्य भईरहेको बताए । प्रहरीले पछिल्लो पटक आईएमई नम्बरको आधारमा हराएका मोबाईलहरु बरामद गर्न थालेको उनले बताए । हराएका मोबाईलबाट सिम प्रयोग गर्न थाले पछि आईएमई नम्बरको आधारमा पक्राउ गर्न सहज भएको प्रहरीको भनाई छ ।

हराएको मोबाइल पाएर खुशी छन् चितवनका स्थानिय रामचन्द्र अधिकारी। उनले भने, ‘एउटा निवेदनको भरमा हराएको मोबाइल पाउने आशा चै थिएन तर पाइयो।’ हुवावेको मोबाइल सेट हराएपनि प्रहरीले फेला पारेकोमा खुशि छन् अधिकारी।

अधिकारी जस्तै खुशी छन् चितवनकै कुमार लामा र उपेन्द्र खड्का। हामीले त सोचेका पनि थिएनौँ भरतपुरकी शान्ता मल्लले भनिन्, हराएको कुरा प्रहरीमा जानकारी गराएका थियौँ, पायौँ खुसी छौँ । उनले प्रहरीको सकारात्मक सहयोगकै कारण आफूले हराएको मोबाइल पुनः प्राप्त गरेको भन्दै नेपाल प्रहरीलाई धन्यवाद दिइन् ।्

चितवन प्रहरीका प्रमुख एसपी गुरुङ्ग भन्छन्, ‘‘हामीले पनि प्रविधिकै प्रयोग गरेर हराएका मोबाइला फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरिदिन्छौं ।’’ उनले आम सर्वसाधरणलाई आफ्नो समानको सुरक्षामा भने आफू नै बढी चनाखो बन्न सुझाव दिएका छन् ।

विभिन्न मितिमा हराएको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा दिएका निवेदनको आधारमा विशेष प्रविधिको प्रयोग गरी खोजतलास तथा अनुसन्धान गरी फेला परेका विभिन्न ब्राण्डका १७ थान मोबाईल फोन साढे ३ लाख रुपैयाँ बढी मुल्यको रहेको छ ।

यसरी पत्ता लाग्छ हराएको मोबाइल

छोटकरीमा ‘इएमईआई’ भनिने इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टी नम्बर दिएर उजुरी दिएपछि मोबाइल खोज्न सजिलो हुने चितवन प्रहरी प्रवक्ता डिएसी सूर्य थापाले बताए। उनले भने, ‘इएमईआई नम्बर दिएपछि सिम फालेर मोबाइल चलाएपनि कहाँ चलिरहेको छ थाहा हुन्छ।’ सूचना संकलन तथा अनवेषण शाखाबाट चितवनबाट हराएका मोबाइलहरु देशका विभिन्न भागसम्म पुगेको पाइएको डिएसपी थापाले बताए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.