बगनासकाली गाउँपालिका असोज ५ गतेसम्म सिल

पाल्पा- पाल्पाको बगनासकाली गाउँपालिकाले समुदायका व्यक्तिमा कोरोना संक्रमण बढेपछि आगामी असोज ५ गते सम्मका लागि गाउँपालिका क्षेत्रलाई सिल गर्ने भएको छ ।

समुदायमा संक्रमण बढेसंगै गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसेर आगामी असोज ५ गतेसम्म गाउँपालिका कार्यालयका सबै कामकाज बन्दगरी पालिका क्षेत्रभित्र अत्यावश्यक बाहेकका सबै कार्यहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो ।

पछिल्ला दिनहरुमा समुदायका व्यक्तिमा संक्रमण बढेको हुँदा त्यसबाट हुनसक्ने जोखिमलाई न्यूनिकरण गरि संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पिसिआर परिक्षणका लागि गाउँपालिका क्षेत्रलाई सिल गरिएको अध्यक्ष बस्यालले बताउनुभयो । सिदार्थ राजमार्ग अन्तरगत पर्ने क्षेत्रमा भने सवारी चल्न दिएपनि गन्तव्यमा पुगेपछि मात्र रोक्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य सुरक्षा बाहेकका सेवाहरु पूर्ण रुपमा बन्द गरेर कन्ट्रयाक ट्रेसिङगको तयारी गाउँपालिकाले गरेको अध्यक्ष बस्यालले बताउनुभयो । पाल्पामा हालसम्म ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ७९ जना सक्रिय संक्रमित रहेका छन् । दुई जनाको भने कोरोना संक्रमणबाट मृत्यु भईसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.