‘स्थायी कमिटीले विगतका कमजोरीको रियलाइसेजन गरेको छ’

सूर्य थापा (प्रधानमन्त्रीका प्रेस सल्लाहकार)

काठमाडौं– प्रधानमन्त्रीका प्रेस सल्लाहकारले नेकपा स्थायी कमिटीले विगतका कमजोरीलाई ‘रियलाइसेजन’ गरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुखसमेत रहनुभएका थापाले बैठक समापन भएसँगै लामो सकस अन्त्य भएको दाबी गर्नुभयो । ‘नेतृत्वबाट विगतमा भएका कमजोरीहरु, स्थायी कमिटीमा रहेको विवाद, मनोमालिन्यता र सकस अन्त्य भएको छ,’ उहाँले भन्नुभयो, ‘विवाद अब यहीरुपमा जारी छैन । समाधान भएको छैन ।’

नेकपामा लामो समयदेखिको विवाद निरुपण भएकाले कार्यान्वयनका लागि अहिले नै चिन्ता लिनुनपर्ने थापाको भनाइ छ । उहाँले दुई फरक धारका कम्युनिष्ट धारा एकीकरण भएकाले अहिले एक व्यक्ति एक पद बहसको विषय बन्न नसक्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.