पहिरोले तीन घर पुर्‍यो, एकको मृत्यु

बागलुङ- बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।

उहाँका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते हुनुभएको छ । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उहाँलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।

बागलुङ-कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीवोटका तीन घरमा क्षति पुर्‍याएको स्थानीय केदार पौडेलले बताउनुभयो । आज बिहान खसेको पहिरोले तीनै घरका गोठमा समेत क्षति पुर्‍याएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.