कांग्रेस नेता गिरीको मृत्युको विषयमा छानबिन माग गर्दे परासीमा विरोध जुलुस

पश्चिम नवलपरासी- नेपाली कांग्रेसका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मृत्युको छानविन गर्न माग गर्दे राजनैतिक दलहरुले आइतबार सदरमुकाम परासीमा जुलुस निकालेका छन् ।

कोरोना महामारीको समयमा जिल्लामा भेला जुलुस गर्न निषेध गरिएको भएपनि झन्डै ३ सय मानिस सो जुलुसमा सहभागी थिए । नेपाली कांग्रेसको नेतृत्वमा निकालिएको जुलुसमा दोषीमाथि कारबाही गर, पीडितलाई क्षतिपुर्तिको व्यवस्था गर भन्दै नाराबाजी गरीएको थियो । परासी बुद्धचोक बाट सुरु भएको विरोध र्‍याली जिल्ला प्रशासन कार्यालय गेट अगाडी बाट पुनः बुद्धचोकमा आएर कोण सभामा परिणत भएको थियो । सो क्रममा वत्ताहरुले गिरीको मृत्युको विषयमा सत्यतथ्य छानबिन गर्न माग गरेका थिए ।

कोरोना संक्रमित गिरीको यहि भदौ १ गते उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो । साउन २३ गते भैरहवा स्थीत युनिर्भसल मेडिकल कलेजमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गराएका गिरीको त्यसपछि स्वस्थ्य अवस्था विग्रिएको थियो । अप्रेसन पछि गरिएको पिसिआर परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको र अस्पतालले बिरामीको उपचारमा लापरबाही गरेको परिवारजनको आरोप छ । यस अघि उनको परिवारले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै निष्पक्ष छानविनको माग गरेका थिए ।

अप्रेसन अगाडि पिसिआर परिक्षण नर्गनु, अप्रेसन पछि स्वास्थ्य अवस्था जटिल भएर पुनः अस्पताल लग्दा भर्ना गर्न आलटाल गर्नु लगाएतका कारण मेडिकल कलेजको लापरबाहीकै कारण गिरीको मृत्यु भएको परिवारको दाबी छ । घटनाको विषयमा निष्पक्ष छानविन नगरे थप संर्घषमा उत्रन बाध्य हुने काग्रेस नेता तथा प्रदेश सभा सदस्य बैजनाथ जयसवालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.