जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ्गमा २ सय बढीको स्वाब संकलन

पाल्पा– तानसेन नगरपालिकाले जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरि स्वाब संकलन गरेको छ ।

गत बिहीबर नगरपालिकाका एकजना वडा अध्यक्षसहित ४ जना जनप्रतिनिधी तथा समुदायका १२ जना व्यक्तिमा कोरोना पुष्टि भएपछि उनिहरुको सम्पर्कमा रहेका २ सयबढी व्यक्तिको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाईएको नगरपालिका स्वास्थ्य शाखा संयोजक झबिन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाको सहयोगमा दुई चरण गरि जनप्रतिनिधी तथा संक्रमितसंग सम्र्कमा रहेका व्यक्तिको स्वाब संकलन गरिएको हो । यसैबिच तानसेन नगरपालिकाले आगामी असोज ५ गतेसम्मका नगरकार्यपािलकासहित १४ वटै वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

जनप्रतिनिधिमा संक्रमण पुष्टि भएसँगै समुदायमा संक्रमण फैलनसक्ने जोखिमका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । एक महिनाअघिसम्म संक्रमितको संख्या शुन्य रहेको पाल्पामा हाल समुदायस्तरका ८० भन्दा धेरैमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.