धुलिखेलमा ‘मास टेस्टिङ्ग’

काभ्रे– धुलिखेल नगरपालिकामा समुदायमा कोरोना संक्रमण बढेसँगै सर्वसाधारण नागरिकलाई मास टेस्टिङ्ग गरेको छ ।

धुलिखेल नगरपालिकाले वडा नम्वर ९ को काभ्रे भन्ज्याङमा एउटै टोलमा एकै पटक २५ जनामा कोरोना संक्रमण देखिएपछि आज नगरले कोरोना संक्रमण परिक्षणका लागि मास टेस्टिङ्ग गरेको छ । भदौ २४ गते २५ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले मास टेस्टिङ्ग गरेको हो । उक्त टोलमा १ सय ३५ जनामा कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिकामा आइतबारसम्म १ हजार १ सय ३० जनाको परीक्षण गरेको छ । काभ्रे भन्ज्याङ्गमा मात्र संक्रमितहरुको सम्पर्कमा रहेका १ सय ३५ ब्यक्तिहरुको परिक्षण गरिएको छ ।

धुलिखेल नगरपालिकामा धुलिखेल अस्पतालको ११ जना, सञ्जीवनी आइसोलेसनमा १३ जना, होम आइसोलेसनमा ११ जना गरि उपचाररत ३५ जना रहेको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो ।

धुलिखेल नगरपालिकाले संक्रमण नियन्त्रण, ब्यवस्थापन र रोकथामका लागि नागरिकहरुलाई सुरक्षित राख्न संक्रमण देखिएको क्षेत्रहरु शिल गर्दै परीक्षणलाई तीब्र बनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.