नेकपाको अबको बाटो के ? प्रदीप ज्ञवालीसँग भिडियो अन्तर्वार्ता
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठकले पार्टीको महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने यसअघि केन्द्रीय कमिटीले गरेको निर्णयलाई पारित गरेको छ । यसले पार्टी महाधिवेशन हुने निश्चित भएको छ ।
महाधिवेशनको तयारीका लागि भन्दै आउँदो कात्तिक १५ देखि १७ गतेसम्म पार्टी केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । केन्द्रीय कमिटीको बैठक अघि नै पार्टीका अन्य नेताहरुलाई जिम्मेवारी दिने तयारी नेकपाले गरेको छ । अहिलेका लागि सरकार र पार्टी सञ्चालनको विषयमा स्पष्ट पारिएकाले अन्य नेताहरुको आवश्यकता अनुसार कार्यविभाजन मिलाउँदै लैजाने तयारी छ । यसले क्षमतावान नेताहरुले जिम्मेवारी पाउने र पार्टीका काम अघि बढाउन सहयोग पुग्ने छ ।
नेकपाको आगामी कार्यदिशाबारे स्थायी कमिटी सदस्यसमेत रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग नेपाल टेलिभिजनले लिएको अन्तर्वार्ताको पूर्णअंशः
प्रतिक्रिया राख्नुहोस्